कोरोनाबारे प्रहरीको जनचेतना मुलक प्रचार प्रसार



बासुदेव शर्मा, जाजरकोट । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटले कोरोना भाईरसबाट सुरक्षित रहन जनचेतना मुलक माइकिङ्ग गरेको छ । विश्वमा महमारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणमा बृद्धी भएपछि बजार क्षेत्रका नागरिक सुरक्षित रहन सदरमुकाम खलंगामा प्रहरीले माइकिङ्ग गरेको हो ।

विश्वमा नै विकराल रुप लिएको कोरोना भाईरस कोभिड १९ ले नेपालमा पनि दिन प्रतिदिन तिव्र रुपमा फैलिरहेकोले कोरोना भाइरसबाट सुरक्षित रहन सुरक्षाका उपाय अपनाउन जिल्ला प्रहरी कार्यालयले ५ जना प्रहरी टोली खटाई जनचेतना मुलक सन्देश प्रवाह गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

भेरी नगरपालिकाका ३ र ४ नम्वर वडा सदरमुकामको बजार क्षेत्रका वडा भएकोले नागरिकहरुको बाक्लो उपस्थिति हुने हुदाँ कोरोना भाईरसको संक्रमण बढ्ने सम्भावना देखिएपछि नागरिकलाई सचेत रहन भिडभाड हुने गतिविधिहरु नगर्न नगराउन कोभिड १९ बाट बच्न सुरक्षित रहन प्रहरीले जनचेतना मुलक प्रचार प्रसार गरेको हो ।

कोरोना भाईरसको संक्रमण आफनै लापर्बाहिबाट हुने भएकोले सुरक्षित रहन सरसफाई र खानपानमा ध्यान दिएर कोभिड १९ विरुद्ध लड्न नागरिकलाई सचेत गराउन संक्रमण फैलिन नदिन जनचेतना मुलक प्रचार प्रसार गरेका छौ । प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले भन्नु भयो ।

संक्रमण दरमा बृद्धी भईरहेको बेला अति आवश्यक काम बाहेक भेला समारोह, उत्सव जस्ता कार्यहरु नगर्न नगराउन सबैलाई जानकारी होस भन्ने उद्धेश्यले चेतना मुलक माईकिङ्ग गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्