घट्दै घरेलु हिंसा, बढ्दै आत्महत्या



मोतीराम तिमल्सिना, काभ्रे ।

स्थानीय तहमा न्यायिक समिति गठन भए सँगै प्रहरी कार्यालयमा आउने घरेलु हिंसाका घटनामा कमी भएको छ । न्यायिक समितिहरुले घरेलु हिंसा लगायतका विवाद मिलाएका कारण प्रहरीमा जाने उजुरीको संख्यामा कमी आएको हो ।

घरेलु हिंसामा कमी आए पनि आत्महत्या, जर्बजस्तिकरणीका घटनामा भने बृद्धी भएको छ । घरेलु हिंसा सम्वन्धी घटना तुलनात्मक रुपमा चालु वर्षको ९ महिनामा ५२ वटा मात्रै उजुरी दर्ता भएका छन् ।

२०७६/२०७७ मा २ सय १६ वटा उजु्री दर्ता भएका थिए । २०७५/२०७६ मा २ सय ३४ वटा उजुरी दर्ता भएका छन् । २०७४/२०७५ मा २ सय ३० वटा उजुरी दर्ता भएका थिए । दर्ता भएका मध्ये चालु वर्षमा ५२ वटा मध्ये ३७ वटा मुद्दा मिलापत्र भएका छन् । प्रहरी कार्यालयमा दर्ता भई मिलापत्र हुन नसकेका ५ वटा मुद्दा अदालत पुगेका छन् भने १० वटा बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । क्रमशः अघिल्लो वर्ष १२ वटा, १५ वटा र २० वटा मुद्दा अदालत गएको प्रहरीले जानकारी दिएको छ । ४ महिला, १ पुरुष, ६ बालिका र ५ बालकको उद्धार गरिएको छ ।

चालु वर्षको ९ महिनामा ३४ मपहदा, २९ बालक र १० बालिका हराएकोमा २५ महिला फेला परेका छन् । ९ महिला, २ बालक र ३ बालिका अझै फेला परेका छैनन ।

चालु वर्षको ९ महिनाको अवधीमा १२ वटा जर्बजस्तिकरणीका घटना दर्ता भएका छन् । २१ जनाले आत्महत्या गरेका छन् । आत्हत्याको दर दिनदिनै बढिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्