पूरै खुला छ प्रादेशिक राजधानी हेटौंडा : रेष्टुराँ/बार बेलुका ९ बजेसम्म



न्युज अफ नेपाल, हेटौंडा ।

अतिप्रभावित’ को सूचीमा नपरेर सबै क्षेत्र निर्वाध खुला रहेको र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको नदेखिएको बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमणको दर बढ्न थालेपछि रेष्टुराँ/बार तथा लोकदोहोरी सा“झलगायत व्यबसाय बेलुका ९ बजेसम्ममात्र खोल्न आग्रह गरिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको सभाध्यक्षतामा बसेको डीसीएमसी बैठकको यस्तो निर्णय गरेको हो । निर्णयअनुसार हाल मकवानपुरमा पनि कोरोना संक्रमणको दर बढ्न थालेका लक्षणहरु देखिएकोले सतर्कता अपनाउन अनुरोध गरिएको मकवानपुर उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताउनुभयो ।

हरेक व्यबसायीले आफूले मास्क लगाउन र ग्राहकलाई पनि अनिवार्य मास्क लगाउन लगाएरमात्र कारोबार गर्न, हरेक सरकारी कार्यालयमा मास्क अनिवार्य लगाउन र सवारीसाधनमा यात्रा गर्दा पनि मास्क प्रयोग अनिवार्य गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न निर्णयसहित सावधानी अपनाउन अनुरोध गर्दै सूचना निकालेको छ । मकवानपुर जिल्लालगायत देशभर कोरोना संक्रमण बढ्न थालेपछि प्रशासनले स्वास्थ्य सुरक्षाका लागि विभिन्न नियम लागु गरेको हो ।

जिल्लाका सबै स्थानीय तहहरुले आफ्नो पालिकाअन्तर्गत् विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गरी पठनपाठन गर्ने एवम् स्वास्थ्य संवेदनशीलता र जोखिम आ“कलन गरी यस शैक्षिक सत्रको परीक्षा यथाशीघ्र गर्ने व्यबस्था मिलाउन प्रशासनको भनेको छ । कोभिड-१९ संक्रमण जोखिमलाई मध्यनजर गर्दै संक्रमितको उपचारलाई थप व्यबस्थित, छिटोछरितो र प्रभावकारी तुल्याउन भनिएको छ । हेटौंडा अस्पतालको आइसोलेसन वार्ड सञ्चालन गर्ने सम्बन्धमा सम्भावित स्थान पहिचान एवम् आवश्यक सामग्री व्यबस्थापनका लागि टास्कफोर्स गठन गरिएको छ ।

टास्क फोर्सले सात दिनभित्र सम्भावित स्थान पहिचान गरी वैकल्पिक योजनासहित आवश्यक सामग्रीको विवरण तयार गरी जिल्ला कोभिड—१९ संकट व्यबस्थापन केन्द्रमा पेश गर्न आग्रह गरिएको छ । टास्कफोर्समा हेटौंडा अस्पतालका डा. सागर काफ्लेको संयोजकत्वमा प्रशासनका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला र हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं सदस्य हुनुहुन्छ ।

पार्टी प्यालेसहरुमा आयोजना हुने कार्यक्रममा मानिसहरुको भिडभाड बढी हुने र सोही स्थानबाट संक्रमण फैलनसक्ने सम्भावना उच्च रहेको बताउ“दै पार्टी प्यालेस सञ्चालकहरुलाई बढी भिडभाड हुन नदिन व्यबस्था मिलाउन आग्रह गरिएको छ ।

सोमबार २१ जनामा कोरोना

प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउ“दै गर्दा मकवानपुरमा सोमबार एकैदिन थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४५ जनाको स्वाब परीक्षणमा थप २१ जनामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पुष्टि हुनेमा हेटौंडा उपमहानगरका १६ जना, बकैया र मनहरीका एक÷एक जना तथा हेटौंडा बस्ने जिल्लाबाहिरका ३ जना गरी २१ जना छन् ।

पुष्टि हुनेमा हेटौंडा-१ की २५, ३७ वर्षीया महिला र ४३ वर्षीय पुरुष, हेटौंडा-२ का ४२ वर्षीय पुरुष, हेटौंडा-३ का ७५ वर्षीय पुरुष, हेटौंडा-४ का ३७, ३८, ४०, ४७, ५०, ७५ वर्षीय पुरुष, हेटौंडा-५ का ३२ वर्षीय पुरुष, हेटौंडा-८ की २३ वर्षीया महिला र ३० वर्षीय पुरुष, हेटौंडा-११ का ८२ वर्षीय पुरुष, फुर्केचौरका ५८ वर्षीय पुरुष छन् ।

पूर्वी मकवानपुरको बकैया गाउ“पालिका वडा–५ का ३४ वर्षीय पुरुष र मनहरी गाउँपालिका वडा–१ का १९ वर्षीय पुरुष छन् । हेटौंडा बस्ने जिल्लाबाहिरका ३ जना पुरुष छन् । यससँगै मकवानपुरमा संक्रमित तीन हजार नौं सय ४१ पुगेका छन् । मकवानपुरमा हालसम्म कोरोना निको हुनेको संख्या तीन हजार आठ सय ६७ पुगेको छ ।

मकवानपुरमा हालसम्म कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ । जसमा सबभन्दा बढी हेटौंडा उपमहानगरका २६ जना, थाहा नगर र मनहरी गाउँपालिकाका दुई/.दुई जना छन् भने बकैया र बागमती गाउँपालिकाका एक/एक जना रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा सोमबार ४२ जना संक्रमित होम आइसोलेसन (घर) मा उपचाररत् छन् ।

जिल्लाको अन्य स्थानीय तहहरुमा भन्दा हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या निकै बढेको हेटौंडा उपमहानगर जनस्वास्थ्य अधिकृत चौलागाईंले बताउनुभयो । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या उल्लेख्य बृद्धि भएको अवस्थामा सीमा नाकाहरु बन्द नहुनुको प्रभावका हेटौंडामा कोरोना संक्रमितको संख्या बढेको चौलागाईंले बताउनुभयो ।

उहाँले भन्नुभयो–अघिल्लो वर्ष कोरोना संक्रमण सुरु भएदेखि सबै आफंै सजक भएका थिए । त्यति हुँदाहुँदै पनि धेरै जनामा संक्रमण भयो । यो दोस्रो लहरका रुपमा फैलिएको कोरोना भाइरस अझ घातक प्रकारको छ भन्ने थाहा हुँदाहुँदै पनि वास्ता नगरिएका कारण परिस्थिति बिकराल बनेको प्रष्ट छ ।

प्रतिक्रिया दिनुहोस्