सार्वजनिक यातायात चढ्दा अनिवार्य मास्क लगाउनुपर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको गरेको छ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक गाडीमा मास्क अनिवार्य गर्ने र मास्क नलगाएकालाई गाडी चढ्न नदिन गाडी चालक र सहचालकलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको हो ।

यस्तै चालक या सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क बेच्न पाउने छन् । यस्तै चालक र सहचालकले पनि मास्क अनिवार्य लगाउने, गाडीमा अनिवार्य स्यानिटाइनर राख्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउने नियम पनि सरकारले जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्