एकै दिन लगानीकर्ताको ५० अर्ब गुम्यो

नयाँ वर्षमा शेयर बजारको पहिलो पहिरो



नेपाल समाचारपत्र, काठमाडौं । 

साताको पहिलो दिन आइतबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से ३५ दशमलव ८९ अंकले घटेर २६९९ दशमलव ५१ बिन्दुमा ओर्लेको छ । वर्ष २०७८ मा नेप्से पहिलोपटक दोहोरो अंकले घटेको हो ।

आइतबार नेप्सेमा गिरावट आएसँगै नेप्सेमा सूचीकृत कम्पनीको समग्र बजार पुँजीकरण ३७ खर्ब ३७ अर्ब ८२ करोड ९ लाख रुपियाँ रहेको छ । यसअघि समग्र बजार पुँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख रुपियाँ थियो । यससँगै आइतबार लगानीकर्ताले करिब ५० अर्ब रुपियाँ गुमाएका छन् । अघिल्लो साताभर लगानीकर्ताले करिब ८४ अर्ब रुपियाँ कमाएको भए पनि साताभरका कमाइ झण्डै एक दिनमा गुमाउन पुगेका हुन् । यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २९ अंकले घटेर ४८६ दशमलव १६ बिन्दुमा ओर्लेको छ । कुल २०७ कम्पनीको १ करोड ९५ लाख २८ हजारभन्दा बढी कित्ता शेयर ८ अर्ब ८० करोड १८ लाख रुपियाँमा कारोबार भएको छ । १३ समूहमध्ये आइतबार सामूहिक लगानी कोषको मात्रै परिसूचक बढेको छ ।

यो समूहको शून्य दशमलव शून्य ६ अंकले बढ्दा बैंकिङ समूह ३३ दशमलव २९, व्यापार समूह १२५ दशमलव ३९, होटल तथा पर्यटन ९२ दशमलव ७९, विकास बैंक ४८ दशमलव ३, जलविद्युत् ३२ दशमलव ३८ अंके घटेको छ ।त्यस्तै वित्त समूह १६ दशमलव शून्य ६, निर्जीवन बीमा समूह १८३ दशमलव १९, उत्पादन ६७ दशमलव ८६, अन्य २१ द्यशमलव शून्य १, लघुवित्त समूह ५० दशमलव ३२, जीवन बीमा ११६ दशमलव ६२ र लगानी समूह शून्य दशमलव ४६ विन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा एभरेष्ट बैंक अगाडि छ । सो बैंकको ८७ करोड ६२ लाख रुपियाँभन्दा बढीको कारोबार भयो । यस्तै एनआईसी एसिया लघुवित्त ५५ करोड ३२ लाख, नेपाल पूर्वाधार बैंक २७ करोड ९८ लाख, अरुण काबेली पावर २६ करोड ७७ लाख, एनआईसी एसिया बैंक २६ करोड ३८ लाख, कामना सेवा विकास बैंक २४ करोड ७२ लाख, नबिल बैंक २३ करोड ३४ लाख रुपियाँको कारोबार भएको छ ।

आइतबारको कारोबारबाट महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९३, ज्योति लाइफ इन्स्योरेन्सको ९दशमलव ९१, दिव्यश्वरी हाइड्रोपावरको ९दशमलव ४५, नेपाल हाइड्रो डेभलपरको ९दशमलव शून्य ३, एआरएन इन्फ्रास्टकचरको ५ दशमलव ८६, जोशी हाइड्रोपावरको ५ दशमलव शून्य ७, अरुण काबेली पावरको ४ दशमलव ४६ प्रतिशतले शेयर मूल्य बढेको छ । तर, गुडविल फाइनान्सको ५ दशमलव शून्य ९, कर्णाली डेभलपमेन्ट बैंकको ४ दशमलव ६३, सांग्रिला डेभलपमेन्ट बैंकको ४ दशमलव ४५, ज्योति विकास बैंकको ४ दशमलव २६, मल्टिप्रर्पोज फाइनान्स कम्पनीको ४ दशमलव २४, ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्