झिगु सः ले पूरा ग-यो ५० भाग



नाइस टेलिभिजनमा प्रसारण भइरहेको नेपाल भाषाको कार्यक्रम झिगु सः (मेरो आवाज) ५०औं भाग पूरा भएको अवसरमा राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ।कार्यक्रममा नयाँ वर्षको अवसर पारेर गत वैशाख १ गतेदेखि रेडियो नेसन १०३.९ मा नेपाल भाषामा झिगु सः रेडियोका साथै अनलाइन झिगु सः डटकम शुरुआत भएको घोषणा गरिएको थियो भने नाइस टेलिभिजनमा झिगु सः ५० भागसम्म पु-याउन सघाउने विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो।

झिगु सः रेडियो कार्यक्रमका संयोजक राजुराज वज्राचार्यको सभापतित्वमा सञ्चालित कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान, छायाँकार गौरीशंकर धुजु, नेवाः राष्ट्रिय पत्रकार दबुका अध्यक्ष सुरजवीर वज्राचार्यलगायतले मन्तव्य राखेका थिए। झिगु सः कार्यक्रमका राजीवराज राजोपाध्यायले स्वागत मन्तव्य राखेको कार्यक्रममा झिगु सः अनलाइनका विराकाजी राजोपाध्यायले अनलाइन पत्रकारिताको महत्वबारे प्रकाश पारका थिए। यस्तै, सिने पत्रकार एवं झिगु सः पुचः का संरक्षक विजयरत्न तुलाधर असंबरेले नेपालभाषाको संरक्षण र विकासका लागि भाषिक पत्रकारिताको भूमिका हुनेमा जोड दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि फिल्मकर्मी नीर शाहले विरासतमा पाएका पुरातत्व संरचना भत्काएर केहीले नयाँ संसार बनाउन लागेको बताए। शाहले आफ्नो भाषा, संस्कृति, सम्पदाका महत्व बोकेको नेवाः समुदायले आफ्नो शैलीलाई जोगाउन सक्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्