कल बाइपास गर्ने दुई पक्राउ



काठमाडौं, (नेस) । 

अवैध अन्तर्राष्ट्रिय कल बाइपासमामा संलग्न रहेको अभियोगमा चन्द्रागिरी नगरपालिका–२ बसण्डोलबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पंजाब जलान्धर सन्तोकपुरा–१ ठेगाना भएका राना शाह र रौतहट साविक रमौली बेरिया गाविस–६ ठेगाना भएका स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारी रहेका छन् ।

अनुमति नलिई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैरकानुनीरूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महारागञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई चन्द्रागिरी नगरपालिका–२ बसण्डोलमा कोठा भाडामा लिई अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरूको कोठाबाट ६४ पोर्टको जीओआइपी गेट वे १ थान, १ थान ल्यापटप, सोको १ थान चार्जर, १ थान मोडियम, १ थान डेक्सटप स्विच, सोको १ थान एडप्टर, २ थान मोबाइल, १ थान पेन ड्राइभ, नेपाल टेलिकमको २ थान रिचार्ज कार्ड, मल्टी प्लग लगायतका विद्युतीय तारहरू, स्मार्ट टेलको २ थान सिमकार्ड होल्डर र स्मार्ट टेलको ९ थान रिचार्ज कार्ड प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्