हृदयरोगको शुभकामना आदानप्रदान



सरोज राजोपाध्याय, ललितपुर ।

नयाँ वर्ष २०७८ शुभारम्भको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाले शुभकामना आदानप्रदान तथा बधाइ कार्यक्रमको आयोजना गरेको छ ।प्रतिष्ठानका सभापति बालकृष्ण तुलाधरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानकै ललितपुर शाखाका निवर्तमान सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य डा.पुष्पराज राजकर्णिकारलगायत केन्द्रीय सदस्यहरूलाई खादा ओढाई सम्मान तथा शुभकामना आदानप्रदान गरिएको हो ।
प्रतिष्ठानकै ललितपुर शाखाका हितैषी हार्टक्लब नेपालका नवनिर्वाचित अध्यक्ष विपीन राईलगायत कार्यसमितिका सदस्यहरूलाई पनि प्रतिष्ठानका सभापति तुलाधरले खादा ओढाई सम्मान गर्नुभयो ।

कोरोनाबाट बचौं र बचाऔं नाराका साथ शुरू गरिएको उक्त सभामा ललितपुर शाखाका सचिव रूपककान्त राजोपाध्यायले नववर्षको आगमन सँगै कोरोना रोगबाट सबै मुक्त रहन स्वागत मन्तव्य राख्नुभयो । ललितपुर शाखाका निवर्तमान सभापति तथा केन्द्रीय सदस्य डा.पुष्पराज राजकर्णिकारले कोरोनाका कारण मानिसहरूको रोजीरोटीसमेत गुमेको वर्तमान अवस्थामा यस महामारीवाट जुध्न शारीरिक शक्ति बढाउनुका साथै सामाजिक दुरी कायम राख्नुपर्ने, मास्क प्रयोग गर्ने र समय समयमा साबुन पानीले हात धोएर आनो दिनचर्यालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
हार्टक्लब नेपालका अध्यक्ष विपीन राईले कोरोनाका कारण प्रतिष्ठान हार्टक्लबको सहकार्यमा कार्यक्रम हुन नसकेकोमा दुःखेसो पोख्नुभयो ।

उक्त अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले आफूले अपरेसन थिएटरमा काम गरिरहेको समयमा आफूलाई हर्ट अट्याक भएको र भाग्यवश आनो जीवनलीला समाप्त हुनबाट बचेको घटना सुनाउनुभयो । उहाँले छातीमा दुखाइ र पसिना चिटचिट आउनले लक्षण कसैमा छ भने सुविधा सम्पन्न अस्पतालमा जचाउनुपर्ने र ३५–४० वर्ष कटेपछि कमसेकम वर्षको एकपटक होलबडी चेकअप गराउनु उचित हुने कुरा बताउनुभयो ।उक्त सभामा केन्द्रीय सदस्य अंशुका राजोपाध्याय, हार्टक्लबका सल्लाहकार पूर्णमान चित्रकारले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त सभाको सञ्चालन प्रतिष्ठानकै ललितपुर शाखाका सहसचिव इन्दिरा जोशीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्