शाहीले बनाए ‘फ्लोर क्रस’ गरेका एमाले सांसदलाई मन्त्री



सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘फ्लोर क्रस’ गरेका एमालेका चार जनामध्ये तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।

यही वैशाख ३ गते विश्वासको मत हासिल गरेपछि मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । उनले नेकपा (एमाले) माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्