कर्णाली प्रदेश सरकार पुनर्गठन, फ्लोर क्रस गर्ने एमाले तीन सांसद बने मन्त्री



न्युज अफ नेपाल, काठमाडौं ।

विश्वासको मत प्राप्त गरेलगत्तै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । जसमा फ्लोर क्रर गरेका नेकपा एमाले माधव नेपाल समूह निकट सांसदहरु पनि मन्त्री बनेका छन् ।

मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।  मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसलाई पनि सरकारमा समेट्ने तयारी गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्