गाईफार्ममा खुकुरी प्रहार गरी युवकको हत्या



पुष्कर बुढाथोकी , भक्तपुर ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको एक गाईफार्ममा आज बेलुका खुकुरी प्रहारी गरी युवकको हत्या भएको छ ।

सोलुखुम्बु घर भइ मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो ।प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार हत्यामा संलग्न काठमाडौंको गोठाटार घर भइ सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाल पक्राउ परेका छन् ।

हत्या भएको सूचना आए लगत्तै महानगरीय प्रहरी बृत्त जगातीबाट डीएसपी राजेश थापा नेतृत्वको टोली पुगेर उनलाई तत्कालै नियन्त्रणमा लिएको थियो । डिएसपी गिरीले सोधपुछका क्रममा खुलालले सामान्य विवादमा खुकुरी प्रहार गरेको खुलेको बताउनुभयो ।विवादको विषयमा विस्तृतमा खुलिनसकेको भन्दै उहाँले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्