अविश्वासको प्रस्ताव छल्न गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य



न्युज अफ नेपाल, काठमाडौँ ।

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्य गरेका हुन् ।

गण्डकी प्रदेशको विधेयक अधिवेशन गत चैत २५ गते सुरु भएको थियो ।

शेरचनले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा (८) को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ०१ गते बुधबार रातको १२ :०० बजे देखि अन्त्य गरेको छु।’

प्रतिक्रिया दिनुहोस्