जन्मदिन बालबालिकाका साथ



काठमाडौं ।

गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीले आफ्नो जन्मदिन हास्य कलाकार सुलेमान शंकर (इकु) ले राजधानीको मूलपानीमा सञ्चालन गरेको स्नेह आश्रम तथा गोकर्णमा रहेको संयुक्त अपांग केन्द्रका बालबालिकासँग मनाएकी छिन्

भारतीले दुवै आश्रमका बालबालिकालाई खाना खुवाएर उनीहरुसँग गीत गाउँदै नाचेर जन्मदिन मनाएकी हुन्। उनले चार वर्षदेखि कीर्तिपुरस्थित मायाघर तथा एचआईभी संक्रमित बालबालिका आश्रमका बालबालिकासँग जन्मदिन मनाउँदै आएकी थिइन्। यसपटक स्नेह आश्रमका १४ र संयुक्त अपांग केन्द्रका ४५ जना बालबालिकासँग खुसी बाँडेर जन्मदिन मनाइन्। उनले दुवै आश्रममा आर्थिक सहयोग पनि गरेकी छन्।

कोरोना संक्रमण र लकडाउनका कारण आश्रम चलाउन गाह्रो परेका बेला सारिताले एकदिन खाना खुवाएर आर्थिक सहयोग गर्दा आफूलाई केही राहत भएको सुलेमानले बताए। यस्तै संयुक्त अपांग केन्द्रका सञ्चालक तिलबहादुर कार्कीले बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएकोमा खुसी व्यक्त गरे। सरिताले जन्मदिनको पार्टीमा हुने अनावश्यक फजुल खर्च काटेर हरेक वर्ष यसरी नै अनाथ बालबालिकासँग जन्मदिन मनाउने गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्