गुगल ट्रान्सलेटमा अब नेपाल भाषा पनि



न्युज अफ नेपाल, काठमाडौं ।

गुगल ट्रान्सलेटमा नेपाल भाषा पनि समेटिको छ । गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवारी समुदायमा बोलिने भाषालाई मंगलबारदेखि समेटिएको हो । विश्वभर ७ हजारभन्दा धेरै भाषा रहेको भए पनि गुगलमा हालसम्म १०९ वटा भाषा मात्र समेटिएका छन् । अब नेपाल भाषा समेत गरी गुगल ट्रान्सलेटमा भाषाको संख्या ११० पुगेको हो ।

वर्ल्ड नेवा अर्गनाइजेसनको पहलमा नेपाल भाषालाई गुगल ट्रान्सलेटमा राखिएको हो । गुगल ट्रान्सलेट एप सबैभन्दा पुरानो ट्रान्सलेटर एप हो ।नयाँ फिचर र सामान्य इन्टरफेसका कारण यसको प्रयोग बढ्दो छ । हालै मात्र गुगल प्ले स्टोरमा गुगल ट्रान्सलेट एपले एक अर्ब डाउनलोड पुरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्