शेयर बजारले छलाङ मारेको वर्ष २०७७



नेपाल समाचारपत्र, काठमाडौं । 

शेयर बजारका लगानीकर्ताका निम्ति वर्ष २०७७ निक्कै सुखद रह्यो । वर्षको शुरूका केही महिना लकडाउन र लगानीकर्तामा आत्मविश्वास नपलाएका कारण सुस्ताएको भए पनि समग्रमा शेयर बजारले धेरै लगानीकर्तालाई यस वर्ष मनग्य फाइदा दियो ।पछिल्ला दिनमा हरेक दिनजस्तै नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा रेकर्ड कायम रहँदै गएको थियो । शेयर बजारलाई जुवाको खेल भनेर परिभाषित गर्नेलाई पनि शेयर बजारप्रति लगानीकर्ताको चासोले गतिलो जवाफ दियो ।

अर्थतन्त्रका जानाकार व्यक्ति डा। युवराज खतिवडा अर्थमन्त्री भएपछि शेयर बजारले गति लिनेमा धेरैको अनुमान थियो । तर, खतिवडाले शुरूमा नै पुँजी बजारलाई अनुत्पादक क्षेत्रको ‘ट्याग’ लगाइदिए परिणाम स्वरुप धर्मराएको पुँजी बजारलाई सुधार गर्न खतिवडाले निक्कै प्रयास गरे तर पनि उनको कार्यकालभरी पुँजीबजार सकारात्मक बाटोमा लाग्न सकेन । उनलाई पुँजीबजारका विरोधीका रूपमा लगानीकर्ताले बुझिरहे । जसै खतिवडा अर्थमन्त्रीबाट मुक्त भए नेपालको पुँजी बजारले चमात्कारिक रूपमा फड्को मार्दै वर्षको अन्तिम दिनसम्म नेप्सेले ऐतिहासिक बिन्दुमा पूरा गर्न जारी राख्यो । खतिवडा रहँदासम्म आत्मविश्वास कायम राख्न नसकेका लगानीकर्ताले खतिवडाको बहिर्गनसँगै आत्मविश्वास जागेको देखिन्छ ।नेपालको पुँजीबजारमा धेरै ठूला नीतिगत परिवर्तनहरू त भएका छैनन् जे जति भएका छन् । त्यसले पुँजी बजारलाई एउटा लयमा लैजान भने अवस्य मद्दत गरेको छ । विगतमा काठमाडौं चक्रपथभित्र मात्रै सीमित रहेको शेयर कारोबार अहिले देशव्यापी भएको छ । ३४ लाखभन्दा बढीको डिम्याट खाता र १० लाखभन्दा बढी सक्रिय लगानीकर्ता रहेको स्थितिमा झण्डै २० लाख जनाले आईपीओमा आवेदन दिने अवस्था सिर्जना भएको छ । दैनिक १० अर्ब रुपियाँभन्दा माथिको कारोबार र नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३७ खर्ब रुपियाँभन्दा माथि पुगेको छ ।

देशको कुल गार्हस्थ उत्पादन ९जीडीपी० नजिक सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण पुग्नुले पनि नेपालको शेयर बजारप्रति धेरैको चासो रहेको छ । सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण र जीडीपी नजिक पुग्नुलाई अर्थशास्त्रीहरूले सकारात्मक रूपमा लिने गरेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले जीडीपी ३९ खर्ब रुपियाँभन्दा माथि रहेको छ । यस अर्थमा पनि समग्र वर्ष नेपालको पुँजी बजारका निम्ति सुखद रहेको पुष्टि गर्दछ । वर्ष २०७७ को अन्तिम दिन मंगलबार नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्से वृद्धि क्रम रहँदै नयाँ इतिहास कायम गरेको छ । मंगलबार नेप्से परिसूचक २३ दशमलव २३ अंकले बढेर २७१४ दशमलव ७९ विन्दुमा पुगेको छ । यो नेप्सेको अहिलेसम्मकै उच्च बिन्दु हो ।कुल २०९ वटा कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपियाँमा खरिदबिक्री भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ करोड ५७ लाख रुपियाँ पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ९९ बिन्दुले बढेर ४८६ दशमलव २८ मा पुगेको छ ।यो हालसम्मकै उच्च हो ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर भने ओरालो लागेको छ भने छ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ समूह ४२.३६, व्यापार ६९.२९, विकास बैंक ९५.४२, जलविद्युत् ३१.६९, वित्त ३।६४ र सामूहिक लगानी कोष ०‍‍‌‌ ०६ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन ६५.२४, निर्जीवन बीमा ८८‍‍‍‍‍‍‍‍.९२, उत्पादन २१.५१, अन्य ७।५, लघुवित्त १४.४, जीवन बीमा ५१.२८ र लगानी ०।४६ बिन्दुले घटेको छ । कारोवारका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २८ करोड ६२ लाख ६० हजार ९११ बराबरको कारोवार भयो । यस्तै, नेपाल बैंक २८ करोड १६ हजार ५३ हजार २५६, एनआइसी एशिया बैंक २४ करोड ३५ लाख ७९ हजार ७९५, नेपाल पूर्वाधार बैंक २१ करोड १० लाख २६ हजार ५३, नेपाल बङ्गलादेश बैंक १८ करोड ३८ लाख ८५ हजार २०३, अपिपावर कम्पनी १७ करोड ३३ लाख ३७ हजार २२६, कुमारी बैंक रु १४ करोड ६० लाख १४ हजार १२३, माथिल्लो तामाकोशी १३ करोड ६७ लाख ८९ हजार ७३४, ग्लोबल आइएमई बैंक रु १३ करोड ६७ लाख ५८ हजार ८०१ र मेगा बैंक १२ करोड ९२ लाख २६ हजार ३८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९७, माउण्टेन इनर्जी ९.८९, ज्योति लाइफ इन्स्योरेन्स ९.८३, सिन्धु विकास बैंक ९.८२, छ्याङ्दी हाइड्रोपावर ९.८०,महिला लघुवित्त ८.०६, लुम्बिनी विकास बैंक ६.३४, गुह्येश्वरी मर्चेन्ट बैंक ५.०२, अपि पावर कम्पनी ४.८८ र महालक्ष्मी विकास बैंका लगानीकर्ताले ४.७५ प्रतिशतले कमाएका छन् । यसैगरी, लक्ष्मी लघुवित्त ४.२७, ग्लोबल आइएमई बैंक ४.२७, एनआरएन इन्फ्रास्टकचर ३.५६, इन्फिनिटी लघुवित्त ३.४७, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी ३.३८, गुराँस लघुवित्त ३।२६, युनिलिभर नेपाल ३.०७, नेशनल हाइड्रोपावर २.९२, आशा लघुवित्त २.८१ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले २।६३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्