दोलखामा जिप दुर्घटना हुँदा चारको मृत्यु १७ जना घाइते



न्युज अफ नेपाल ,काठमाडौं ।

दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा यात्रुबहाक जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन् ।

सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप गएराति साढे १० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको दोलखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालले जानकारी दिए । उनीहरू सबै एउटै गाउँका हुन् ।

दुर्घटनास्थल सदरमुकामबाट ४० किलोमिटर टाढा पर्दछ । सो जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी बद्रि तिवारी, डिएसपी रिजालसहितको टोली रातभर घाइतेहरुको उद्धार तथा उपचारमा खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्