व्याटमिन्टन प्रतियोगीता सम्पन्न



विष्णु तिमिल्सिना, बर्दिया ।

दोस्रो बर्दिया जिल्ला स्तरिय तथा प्रथम बारबर्दिया मेयर कप व्याडमिन्टन प्रतियोगीता बैदिमा सम्पन्न भएको छ । बारबर्दिया नगरपालिकाका र जिल्ला व्याडमिन्टन संघ बर्दियाको सयुक्त रुपमा आयोजना गरिएको दोस्रो जिल्ला स्तरिय तथा प्रथम बारबर्दिया मेयर कप व्याडमिन्टन प्रतियोगीताको डबल तर्फको उपाधि राम बहादुर शाही र राजेश चौधरीले (जिल्ला प्रहरी कार्यालय बर्दिया) जित्न सफल भएका छन भने एकल तर्फको उपाधि सचिन चौधरी (मानपुर टपरा राजापुर) ले प्राप्त गर्न सफल भएका छन ।

डबल तर्फ ३८ बटा टिमले भाग लिएको प्रतियोगीतामा द्धितिय विरेन्द्रकुमार ठकुरी र एक नारायण अधिकारी ( बाँसगढि ) को टोली भएको थियो भने नरेश मल्ल र प्रणेश ढकाल (मधुवन) का साथै अर्जुन शाही (गुलरिया) र सचिन चौधरी ( मानपुर टपरा राजापुर )को टिम ले त्रृतिय स्थान प्राप्त गरेको थियो । यसै गरी एकल तर्फ रामबहादुर शाहि (जिल्ला प्रहरी कार्यालय)द्धितिय र एक नारायण अधिकारी (बाँसगढि) र कमल क्षेत्री (जयनगर बारबर्दिया) त्रृतिय स्थान प्राप्त गरेका थिए ।

प्रतियोगीतामा विजेता टिम लाई लुम्विनी प्रदेश सभा सदस्य तिलक शर्मा , बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु लगायतले प्रमाण पत्र,नगद मेडल तथा ट्रफि प्रदान गर्नु भएको थियो । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ आयोजना प्रतियोगीता बबइ सिचाइ आयोजना परिसरमा संचालन गरिएको थियो ।

प्रतियोगीतामा प्रथम हुने टिमलाई डबल तर्फ नगद २० हजार , द्धितिय हुने टिमलाई नगद १० हजार र तृतिय हुने टिमलाइ नगद ५ हजार रुपैया र एकल तर्फ प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ५ हजार र तृतिय हुनेलाई ३ हजार नगद पुरस्कार प्रदान गरिएको कुरा बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्