चापागाईं सम्मानित



ज्योति फिल्म्स् प्रोडक्सन प्रालिद्वारा आयोजित दोस्रो ज्योति फिल्म्स् म्युजिक अवार्डमा रंग पत्रकार गोपिकृष्ण चापागाईं सम्मानित भएका छन्।

चापागाईंले पत्रकारितामार्फत नेपाली कला संस्कृति तथा गीत–संगीतको संरक्षणमा योगदान पु-याएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।
चापागाईंलाई अवार्ड समारोहका प्रमुख अतिथि पूूर्वअर्थमन्त्री डा. रामशरण महत, ख्यातिप्राप्त संगीतकार शम्भुजित बासकोटा र लोकगायक कुमार बस्नेतले सम्मानपत्र प्रदान गरे।

सम्मानपत्र ग्रहण गर्दै चापागाईंले काम गर्दै जाँदा पाइने सम्मानले थप हौसला मिल्ने र आगामी दिनमा काममा ऊर्जा मिल्ने बताए। दोस्रो ज्योति फिल्म्स् म्युजिक अवार्डमा विभिन्न ३८ विधामा अवार्ड प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्