एसकेडीयूएन टिम च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं ।

 सोतोकान कराते डो (एसकेडीयूएन) चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा ‘तेस्रो सूर्यविनायक मेयर कप २०७७’ को टिम च्याम्पियन बन्न सफल भएको छ ।

एसकेडियुएन १३ स्वर्ण, १० रजत र २० कास्यका साथ च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते महासंघ (एनएसकेएफ) २ स्वर्ण, ४ रजत र ६ कास्यका साथ दोस्रो र अन्तर्राष्ट्रिय मार्सल आर्ट एसोसियसन (आईएमए) १ स्वर्ण, ३ रजत र ४ कास्यका साथ तेस्रो भयो । यस्तै, १ स्वर्ण हात पारेको अन्तर्राष्ट्रिय सोतोकान कराते महासंघ (आइएसकेएफ) उत्कृष्ट अनुशासित टिम घोषित भयो । च्याम्पियन तथा अनुशासित टिमले ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

नेपाल सोतोकान कराते डो संघ, भक्तपुरको आयोजनामा भएको प्रतियोगितामा एसकेडियुएनका निमा शेर्पा पुरुषतर्फ सुजिता शाक्य महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । यस्तै, उदियमान खेलाडीमा पुरुषतर्फ अन्तर्राष्ट्रिय मार्सल आर्ट संघका समिर सलामी र महिलातर्फ एसकेडियुएनकी प्रजिता श्रेष्ठ घोषित भए ।

प्रतिक्रिया दिनुहोस्