सीमाले उचालिन् तेस्रो मेयर कप



नेपाल समाचारपत्र, काठमाडौं । 

कस्तुरी कलेजकी सीमा राजवंशीले प्रदेश १ स्तरीय तेस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकलतर्फ उपाधि जितेकी छन् । विश्व जुनियर वरीयतामा ४२औं स्थानमा रहेकी सीमाले आइतबार सम्पन्न फाइनलमा विराटनगरकी रोज पाण्डेलाई २१–१९, २१–१६ ले पराजित गर्दै उपाधि हात पारेकी हुन् । उपाधिसागै उनले नगद १० हजार प्राप्त गरिन् । दोस्रो भएकी रोजले नगद सात हजार प्राप्त गरिन् । तेस्रो स्थानमा रहेका धनकुटाकी गीता राई र अरुणा तामाङले समान तीन हजार नगद हासिल गरेका थिए ।

झुम्का ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष खुल्ला युगलतर्फ संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी पहिलो भयो । उक्त जोडीले पााचथरका एसिया जवेगु र तेह्रथुमका नवीन सिलवालको जोडीलाई २४–२२, २१–१६ ले पराजित गरेको हो । तेस्रो स्थानमा धरानका प्रकाश लिम्बू र सत्यम सुब्बाको जोडी तथा बूढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडी रहे । पहिलो हुने जोडीले नगद ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुने जोडीले समान १० हजार नगद प्राप्त गरे ।

भेट्रान्स ४५ वर्ष माथिको स्पर्धामा पूर्व राष्ट्रिय प्रशिक्षक एवं हाल कस्तुरी कलेजका प्रशिक्षक उत्तम सिम्खडा र इटहरीका श्याम लामाको जोडीले ट्रफी उचाले । उक्त जोडीले सुनसरीका थमन गुरुङ र सुरेश लिम्बूको जोडीलाई १८–२१, २१–४, २१–१४ ले पराजित ग-यो । पहिलो जोडीले नगद १५ हजार दोस्रो जोडीले १० हजार र तेस्रो जोडीले सात–सात हजार नगद हासिल गरेका थिए । तेस्रो स्थानमा झुम्काका भजनलाल चौधरी र श्रवण चौधरी तथा चक्रघट्टीका जीवन बोगटी र तुलसी सुवेदी रहेका थिए ।

आयोजक क्लबका सदस्यहरूका बीच भएको आन्तरिक प्रतिस्पर्धामा झुम्काका श्रवण चौधरी र राजु कटुवालको जोडीले बाजी मारेका थिए । उक्त जोडीले रानीवासका केदार अधिकारी र झुम्काका भजनलाल चौधरीको जोडीलाई २१–२३, २१–९, २१–१६ ले पराजित गरेको थियो । विजयी जोडीले नगद १५ हजार, उपविजयी जोडीले नगद १० हजार र तेस्रो हुने जोडीले नगद ५÷५ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्