बम्जनको जन्मोत्सवमा दीर्घायुको कामना



काठमाडौं, (नेस) । 

बोधी श्रवण धर्म संघले बोधी मार्गदर्शन मैत्री धर्मका प्रवद्र्धक रामबहादुर बम्जनको ३२औं जन्मोत्सवको अवसरमा सु–स्वास्थ र दीर्घायुको कामना प्रकट गरेको छ ।

संघले एक सन्देश जारी गर्दै गुरु बम्जनको जन्मोत्सवको अवसरमा सु–स्वास्थ र दीर्घायुको कामना प्रकट गरेको हो ।सर्वजगत् कल्याणहेतु सृष्टि गर्नुभएको बोधीमार्ग, मार्गगुरु र गुरुमार्ग दर्शनहरूमध्ये मार्ग गुरुमार्ग दर्शनमा आधारित संन्यासी गुरुमार्ग, संन्यासी महाआत्मा गुरुमार्ग, गृहस्थी महाआत्मा गुरुमार्ग, सर्वसाधारण गुरुमार्ग दर्शनहरू प्रदान गरी मानव आत्माको परममोक्षको मार्ग र स्थान सुनिश्चित गराउनुभएको उल्लेख छ ।

साथै, सर्वजगत्को कल्याण, सहवास, सहअस्तित्व, सहजीवन, शान्ति र मुक्ति मोक्षको अनन्त प्रार्थना गरेको बोधी श्रवण धर्म संघ केन्द्रीय समितिले जन्मोत्सवको अवसरमा जारी सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्