स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेपछि प्रधानमन्त्रीलाई पनि गरियो कारवाही



एजेन्सी ।

स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेको आरोपमा नर्वेकी प्रधानमन्त्री इर्ना सोलबर्गलाई कारवाही गरिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेको जनाउँदै प्रधानमन्त्री सोलबर्गलाई जरिवाना तिराइएको हो ।

सोलबर्गले आफ्नो जन्मदिनको अवसरमा सामाजिक दुरी पालना नगरी पारिवारिक जमघट गरेको जनाउँदै प्रहरीले २० हजार क्रोनर अर्थात २ हजार ३५२ डलर जरिवाना तिराएको हो । सोलबर्गले आफ्नो ६० औं जन्मदिनमा आफ्ना १३ जनाभन्दा बढी आफन्तलाई बोलाएर पार्टी मनाएकी थिइन् ।

कोरोना संक्रमण फैलिएसँगै नर्वे सरकारले १० जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ । यसलगत्तै उनले आफ्नो गल्तिको महसुस गर्दै जरिवाना तिर्न तयार रहेको बताउँदै माफी समेत मागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्