सौन्दर्य प्रतियोगितामा विजयीको ताज स्टेजमै खोसियो



कोलम्बो, (एजेन्सी)

श्रीलंकाको एकजना सौन्दर्य प्रतियोगिताको विजयी महिलाले आफू पारचपाचुके भएको विश्वासमा स्टेजमै आफूलाई अयोग्य घोषित गरेर ताज खोसिएको बताएकी छन् । विवाहित महिलाहरूबीच गराइएको सौन्दर्य प्रतियोगिताको सन् २०२१ का लागि मिसेज श्रीलंका पदवी जितेको केही क्षणमै पुष्पिका दि सिल्भाले अपमान सहनुपरेको थियो ।

स्टेजमै गतवर्षको मिसेज श्रीलंका विजेता क्यारोलिन जुरीले उनी पारपाचुके महिला भएको घोषणा गर्दै उनको ताज दोश्रो स्थान हासिल गर्ने महिलालाई पहि¥याउनुपर्ने घोषणा गरेकी थिइन् । पुष्पिकाले बिना कुनै प्रतिवाद त्यसपछि स्टेज छोडेकी थिइन् । जुरीले प्रतियोगिताको नियमअनुसार सहभागी प्रतिस्पर्धी सबै पारपाचुके नभई विवाहित हुनुपर्ने दर्शकहरूलाई जानकारी गराएकी थिइन् ।

दि सल्भाको वैवाहिकस्थिति स्पष्ट खुलाइएको थिएन । त्यसैले, उनी आफ्नो पतिबाट छुट्टै बसेको जस्तो देखिन्छ । तर, उनले भने आफू पारपाचुके महिला नभएको दाबी गरेकी छन् । ताज खोसिँदा चोट लागेकाले उनको अस्पतालमै उपचार गराइनु परेको स्थानीय सञ्चार माध्यमले जनाएको छ । तर, सञ्चार माध्यमले उनलाई उपाधि फिर्ता दिइने जनाएको छ ।मिसेज श्रीलंका वल्र्डका निर्देशक चण्डीमल जयसिंघेले आयोजक समिति र निर्णायकहरूको सर्वसम्मत निर्णयबाट विजेता घोषित गरिएकी उनीमाथि यस्तो घटना नघट्नुपर्ने बताएको अनलाइन अखबार ‘दि कोलम्बो’ पेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्