लामो नङ पालेर दोहोरो विश्व कीर्तिमान



ह्युस्टन, (एजेन्सी)  ।

यसअघि दुवै हातका औंलामा सबैभन्दा लामो नङ पालेर ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न सफल एक अमेरिकी महिलाले आफ्नै कीर्तिमान तोडेकी छन् । उनले झन्डै तीस वर्षपछि पहिलोपटक आफ्ना ती लामा नङ काटेकी छन् । सन् २०१७ मा टेक्सास निवासी आएन्ना विलियम्सले कुल २ सय २६ दशमलव ९ इन्च लामो नङ पालेर गिनिज वल्र्ड रेकर्ड राखेकी थिइन् ।

त्यही नङ काटिनुअघिको त्यसको कुल लम्बाई २ सय ८८ दशमलव ८ इन्चले पुनः नयाँ कीर्तिमान राख्न सफल भएको हो । अब विलियम्सको यो नङ फ्लोरिडास्थित ‘ओर्लान्डो अडिटोरियमको रिप्लिज विलिभ अर नट’ कक्षमा प्रदर्शनका लागि राखिने भएको छ ।विलियम्सले गिनिजलाई भनेकी छन्, ‘मलाई त यो मेरो मैनबाट बनाइएको आफ्नै मूर्तिजस्तै लागिरहेको छ । यद्यपि, यो मेरो नङ मात्रै हो । म निकै उत्सुकतासँगै प्रदर्शनमा राखिने नङ हेर्ने प्रतीक्षामा बसेकी छु । यो मेरा छोराछोरी र नाति–पनातिका लागि एक इतिहास बन्नेछ ।’

प्रतिक्रिया दिनुहोस्