विप्लवको स्पष्टोक्ति : ‘म गुमनाम छैन, पार्टीको काममा सक्रिय छु’



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द पार्टीको राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्ट पारेको छ । सञ्चार माध्यममा आएका विप्लव गुमनाम भन्ने समाचारको खण्डन गर्दै विप्लव समूहले एक विज्ञप्तिमार्फत उनी पार्टीको राजनीतिक तथा संगठनात्मक काममै व्यस्त रहेको स्पष्ट पारेको हो । समूहले अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गरेको छ ।

विप्लव समूहले पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । सरकारसँगको सहमतिमा प्रतिवद्ध रहेको भन्दै विप्लव समूहले सहमति भाँड्ने गरी गलत प्रचार नगर्न पनि आग्रह गरेको छ । गत फागुन तेस्रो साता सरकारसँग तीन बुँदे सहमतिका साथ विप्लव शान्तिपूर्ण राजनीतिक मूलधारमा आएका थिए । सरकारसँग फागुन २१ गते तीन बुँदे सहमतिमा हस्ताक्षर गरेर खुला भएको लामो समयसम्म पनि विप्लव नेतृत्वको नेकपाको राजनीतिक गतिविधि घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्