बुढानिलकण्ठमा तीन दलको बैठक शुरु



न्युज अफ नेपाल, काठमाडौँ ।

नयाँ सत्ता समीकरणका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपमबीच देउवा निवास बुढानिलकण्ठमा छलफल सुरु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा तीन दलका शीर्ष नेता सहभागी भएका छन् । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी भएका छन् । त्यस्तै, जसपातर्फ अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई साथै नेताहरु उपेन्द्र यादव, राजेन्द्र महत्व, अशोक राई लगायतका नेताहरु छलफलमा पुगेका छन् ।

बुढानिलकण्ठ पुग्नुअघि जसपाका नेताहरु केही समय आन्तरिक छलफलमा जुटेपछि बैठक तोकिएको समय भन्दा केही ढिला सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्