४ मन्त्रीलाई प्रधानमन्त्री ओलीले गरे पुनर्नियुक्ति



न्युज अफ नेपाल काठमाडौं ।

नेकपा माओवादी केन्द्रले पार्टी छाडेको भन्दै कारबाही गर्दा सांसद पद गुमाएका चार मन्त्री फेरि पदको शपथ लिने भएका छन्।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेसँगै सपथ लिने भएका हुन्। उनीहरूको शपथ कार्यक्रम आज साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रतिक्रिया दिनुहोस्