तीन सयपटक उठबस गराइँदा युवकको मृत्यु



मनिला,(एजेन्सी) । 

फिलिपिन्सको एक व्यक्तिको परिवारले कफ्र्यु तोडेको आरोपमा उठबस गराइएकै कारण उनको मृत्यु भएको दाबी गरेको छ । फिलिपिन्समा पानी किन्दै गर्दा ती २८ वर्षिया युवकलाई स्थानीय निकायले रोकेको थियो । मानव अधिकारवादी समूहले कोभिड १९ नियन्त्रणका लागि जारी गरिएका नियम कानुन तोड्नेहरूलाई दिइने गरिएको अन्य सञ्जायको समेत कडा आलोचना गरेका छन् । यसै सिलसिलामा ती युवकलाई स्थानीय प्रशासनले संजाय स्वरूप तीन सयपटक उठबस गर्न लगाएको बताइएको छ ।

गत बिहीबार साँझ ६ बजेदेखि शुरू भएको कफ्र्यु तोडेको भन्दै डार्रेन मानाओग पेनारेदोन्दोलाई राजधानी मनिलादेखि दक्षिणमा पर्ने क्याभाइट प्रान्तको एउटा स्टोरमा पानी किनिरहेको अवस्थामा सुरक्षाकर्मीले समातेका थिए । एड्रियन लुसेना नामक उनका आफन्तले फेसबुकमार्फत उनीलगायत अन्य दुईजनालाई सजाय स्वरूप जनही एक सयपटक उठबस गराइएको र उठबस गरेको नमिल्नसाथ पुन दोह-याउन लगाइएकाले तिनीहरूले जनही कुल तीन सयपटक उठबस गरेको जानकारी दिएका छन् ।उनका गर्लफ्रेन्ड रेइचेलिन बालसेले स्थानिय संचार माध्यम -यापलरलाई बताएकी छिन् । ‘

शुक्रबार बिहान करिब आठ बजे उनी निकै शारीरिक पीडासहित घर फर्केका थिए । उनलाई अर्को कफ्र्यु तोड्ने व्यक्तिले सहयोग गदै घर पु-याएका थिए । सकीनसकी हिँड्दै गरेका उनी अचानक तिघ्रा र घुँडा दुखेको कारण बामे सर्न थाले । हेर्दाहेर्दै उनको अनुहार कालो निलो भयो र उनको मुटुको घड्कन नै बन्द भयो ।’ तर, प्रहरीले उनको परिवारको आरोप अस्वीकार गरेको छ । जनरल ट्रियासका मेयर एन्टोनियो फेर्रेरले घटनाको गम्भीर छानविन भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्