वल्र्ड रेमिट र इसेवाबीच संझौता



काठमाडौ (नेस) ।

डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने विश्वकै अग्रणी कम्पनी वल्र्ड रेमिट र पछिल्ला दिनमा नेपालमा व्यापक रुपले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वभर रहेका वल्र्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

सम्झौतापछि वल्र्ड रेमिटका साउथ एशिया कन्ट्री निर्देशक रूजान अहममदले भन्नुभयो ‘नेपालले आफ्ना जनताका लागि तीब्र रुपमा डिजिटल रुपमा सेवा उपलब्ध गराइरहेको छ भने नेपाली जनताले पनि परिवर्तनलाई आत्मसाथ गरेको देखिरहेका छौँ ।’इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भन्नुभयो ‘डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वल्र्ड रेमिटसँग साझेदारी गर्न पाउँदा उत्साहित छौँ ।यसै गरी वल्र्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने भएको छ । डिजिटल रेमिट्यान्स प्रवद्र्धन गर्ने उद्देश्यले वल्र्ड रेमिट र इसेवा मनि ट्रान्सफरले निःशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको हो ।बिगत १० वर्षमा वल्र्ड रेमिटले लाखौँ ग्राहकका लागि एक विश्वसनीय, सुरक्षित र भरपर्दो विश्वव्यापी डिजिटल भुक्तानीको उत्कृष्ट प्लेटफर्मको निर्माण गरेको छ । वल्र्ड रेमिट विभिन्न किसिमका भुक्तानीका विकल्पहरू प्रदान गर्दै अन्तराष्ट्रिय रेमिट्यान्समा रहेको उच्च लागत घटाउनका लागि पनि विभिन्न कार्य गर्दै आएको छ।

अफलाइन मार्फत भइरहेको कारोवारलाई अनलाइनमा लगेर अन्तरदेशीय कारोबार गरी सुरक्षित, छिटो र कम लागतमा सेवा प्रदान गर्दै आइरहेको छ । हाल वल्र्ड रेमिटले १ सय ५० वटा भन्दा बढी देशमा आफ्नो सेवा दिदै आइरहेको छ भने विश्वभर रहेका ६ हजार ५ सय भन्दा बढी रेमिट्यान्स कम्पनीसँग सहकार्य गरेको छ । कम्पनीले १हजार १ सय भन्दा बढिलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्