विशालले ल्याए सेन्मी



काठमाडाै‌ ।

गायन रियालिटी द भ्वाइस अफ नेपाल सिजन–२ मा उत्कृट १० मा पुग्न सफल गायक विशाल राईको पहिलो सांगीतिक कोशेली सेन्मी विमोचन गरिएको छ। हालै म्युजिक नेपालको स्टुडियोमा आयोजित कार्यक्रममा एल्बम विमोचन गरिएको हो।

संगीतकार शुभबहादुर सुनाम, सुरेश अधिकारी, गायक एवं म्युजिक नेपालका बिजनेस हेड राजीव लोहनी र गायक विशाल राईले एल्बम सयुक्तरूपमा विमोचन गरेका हुन्। ५ गीत संग्रहित एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र संगीत रहेको छ भने महाराज थापाको एरेन्जमेन्ट रहेको छ।

नारी, नपिलाउ, निदै उडेर, तिमी गैगयौ र म त हजुर गीत समावेश एल्बमका गीतमध्ये नारीको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो। गायक राईले एल्बममा समावेश गीतहरू गाएर सुनाएका थिए। एल्बम म्युजिक नेपालले बजारमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्