चोरीको अभियोगमा ५ पक्राउ



ललितपुर, (नेस)  ।

हरिसिद्धी खरिबोट चोकस्थित अर्वन ओएसिस इन्टरप्राइजेजबाट करिब ९५ लाख ७६ हजार ८ सय ५५ रुपियाँ बराबरका २ सय ३८ थान विभिन्न कम्पनीका सुटकेस, ब्याग, ल्यापटपको झोला भएका कार्टुन चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१५ सिचाहिटी बस्ने यमकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने प्रदीप गौतम, काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने महेश अधिकारी, काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने २३ वर्षीय दीपक खड्का र सोही ठाउँ बस्ने नवीन अधिकारी रहेका छन् ।उक्त इन्टरप्राइजेजबाट चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोमबार प्रदीपको डेराबाट १ सय १२ थान विभिन्न कम्पनीका सुटकेस भएका कार्टुनहरु फेला पारी प्रदीप, यमकुमार र महेशलाई घटनामा प्रयोग भएको बा२१च ७३४४ नम्बरको गाडीसहित पक्राउ गरेको थियो ।

साथै महेशको कोठबाट विभिन्न कम्पनीका सुटकेश ६ कार्टुन, सुटकेस २२ थान, ब्यागहरु ३६ थान, १ थान मंगलसुत्र, १ जोर जुली मुन्द्रा, १ थान मुन्द्रा, १ थान ल्यापटप र नगद १ लाख ५ हजार रुपियाँ फेला पारी बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्