युनियनर संगठनको गठबन्धन, चौतारी बिजयी



रामधन राई , खोटाङ ।

चैत्र–२६, खोटाङमा सम्पन्न पत्रकार महासंघको जिल्ला निर्वाचनमा प्रेस चौतारीले जीतहात पारेको छ । बुधवार भएको मतदानमा नेपाल प्रेस युनियन र प्रेस संगठनको गठबन्धनलाई हराउँदै चौतारी बिजयी भएको हो ।२६ सदस्यता रहेको जिल्लामा उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव र चार सदस्यमा मतदान भएको थियो । मतदानमार्फत जिल्ला उपाध्यक्षमा चौतारीका टिवन राई, महिला उपाध्यक्षमा गठबन्धनका युनियनतर्फबाट कृष्णकला राई, सचिवमा चौतारीको लोकमणी रिजाल विजयी बनेका छन् ।

यस्तै, सदस्यहरुमा चौतारीको दिवस रिजाल र खेमराज अधिकारी, युनियनका दिनराज कार्की र संगठनको सुर्य तामाङ विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ । यससँगै चौतारीले आफ्ना सबै उम्मेदवार बिजयी गराउन सफलबनेका छन् ।अध्यक्षलगायत केही पद भने निर्विरोध बनेका छन् । अध्यक्षमा युनियनका दिलिपखत्री, सहसचिवमा चौतारीको उमेश भुजेल, सह-सचिवमै युनियनकै चिसाङ शेर्पा, कोषाध्यक्षमा चौतारीको भूमिका न्यौपानै र जनजाति सदस्यमा संगठनका उजुर राई निर्विरोध बनेकाहुन् ।अध्यक्षपदमा गठवन्धनका बागी उम्मेदवार भनिएको भीम राईले उम्मेदवारी फिर्ता लिएपछि खत्री निर्विरोध बनेको निर्वाचन समितिले उल्लेख गरेको छ ।

केन्द्रीयएलाईन्समा प्रतिबद्द युनियन र संगठनबीचको सम्झौता भंगभई पुनःलिखित सम्झौता भएको थियो । मनोनयनको करिव आधा घण्टा अघियुनियनले चौतारीसँगको साझा उम्मेदवार तयार गरी दर्ता गराएकाथिए । संगठनका भीम राईले अध्यक्षमाबागीउम्मेदवारदर्ता गराएपछिपहिलो सम्झौताभंगगर्नुपरेको युनियनको भनाई थियो ।केन्द्रले प्रदानगर्ने नेतृत्व भागीमा संगठनले पाएमा रामधन राई र युनियनले पाएमा दिलिप खत्रीको नेतृत्वमा साझा उम्मेदवारी दर्ता गर्ने सम्झौता थियो ।मनोनयनको समयमा टुटेको सम्झौता मतदानको पुर्व सन्ध्यामापूनः जोडिएका थिए । संगठनका संयोजक सुर्य तामाङ र युनियनका अध्यक्ष उत्तम चौंलागाईंको हस्ताक्षरमा २४ गते साँझ प्रतिबद्दतापत्र सार्वजानिकभएको थियो । उपाध्यक्षमा संगठनको तर्फवाट रामधन राई, महिला उपाध्यक्षमा युनियनका कृष्णकला, सचिवमा संगठनका सविना परियार र सदस्यहरुमा संगठनका सुर्य तामाङ र केदार मग, युनियनका बद्री आचार्य र दिनराज कार्कीलाई मतदान गर्ने प्रतिवद्दता थियो । प्रदेश तथा केन्द्रीय परिषद सदस्यमाभने कसैको पनिउम्मेदवारी परेको छैन ।

यद्यपी, प्रतिगमनविरुद्द भन्दै गठबन्धनमा प्रतिबद्दता जनाएको युनियनले अन्र्तघात गर्दै साझा प्रतिद्वन्दी भनिएका चौतारीका उम्मेदवारलाई मात्रमतदान गरेको संगठनका संयोजक सुर्य तामाङको भनाई छ ।युनियनका अध्यक्ष चाै‌लागाईंले भने ‘परिस्थितीले सिर्जना गरेको उपज’भनीप्रतिक्रिया जनाउनु भएको छ ।संगठनको तर्फवाट रामधन राई, युनियनका खत्री र चौतारीका तर्फवाट हरिवोल आचार्यले अध्यक्षपदमा उम्मेदवारी घोषणा गर्दै आएका थिए । केन्द्रीय सर्कुलर अनुसार राईलाई ‘व्याक’ गराई खत्रीको नेतृत्व स्विकार गरेपछि पदाधिकारी बहुमतमा आचार्य पनि ब्याकभई खत्रीलाई अघि बढाएका थिए ।

केन्द्रीयतथाप्रदेश निर्वाचनमा भने सम्झौताअनुरुप नै गठबन्धनले मतप्राप्त गरेको छ । केन्द्रमा विपुलपोखरेल नेतृत्वले १७ र निर्मला शर्मा नेतृत्वले ९ को अनुपातमा मत पाएका छन् । प्रदेश समिति पदाधिकारीमा पनि सोही अनुरुपको मतजाहेर भएको निर्वाचन समितिले सार्वजानिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्