वर्ल्ड टेबल टेनिस डे मनाइयो



नेपाल समाचारपत्र, काठमाडौं ।

आईटीटीएफ फाउन्डेसन, जर्मनीले ‘टेबुल टेनिसमार्फत महिला सशक्तीकरण गर्ने ’ मूल नाराका साथ वर्ल्ड टेबल टेनिस डे २०२१ विश्वभरि मनाएको छ ।यस कार्यक्रमलाई नेपालमा मनाउन आईटीटीएफ फाउन्डेसनले आईटीटीएफ मान्यता प्राप्त टेबुल टेनिसका लेवल २ ८ प्रशिक्षक र अन्तराष्ट्रिय अम्पायरसमेत रहनुभएका नरेश रावललाई प्रमोटरको रूपमा चयन गरेको थियो ।

“सरोज टेबल टेनिस फार आल एकेडेमीे’’ का संस्थापक र प्रशिक्षक समेत रहेका नरेशले भैंसीपाटी, ललितपुर स्थित डायनामिक स्कुलमा कार्यक्रमको आयोजना गरेका थिए ।कार्यक्रमको उद्घाटन केक काटेसँगै भयो । एकेडेमीले कार्यक्रममा सहभागी बच्चाहरूलाई टेबल टेनिस ब्याट, बल र टि–शर्ट वितरण गरेको थियो । प्रशिक्षक नरेशले टेबुल टेनिसका विभिन्न अभ्यास, व्यायाम देखाउनका साथै सहभागीहरूसँग समेत खेलेका थिए । टेबल टेनिसको माध्यमबाट महिला सशक्तीकरणको यस कार्यक्रममा महिलाहरूको ठूलो सहभागिता रहेको थियो ।

महिलाहरूमा टेबल टेनिसको रुचि, आकर्षण र महत्वको विकास गर्न कार्यक्रम सफल रहेको प्रशिक्षक नरेशको विश्वास रहेको थियो । कार्यक्रमलाई सफल बनाउने सबै सहभागीहरू, आईटीटीएफ फाउन्डेसन, जर्मनी, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, डायनामिक स्कुलका प्रिसिपल एन डी लामा र कर्मचारीको साथै अन्य समर्थकहरूलाई समेत “सरोज टेबल टेनिस फार आल एकेडेमी’’ का अध्यक्ष सञ्जु थापाले आफ्ना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्