राजेशपायलको करोड सेलिब्रेसन



लोकप्रिय गायक राजेशपायल राईको विवाहको चर्चा चलेको निकै भयो। यस्तो बेला उनले सरप्राइज सेलिब्रेसन पार्टी भन्दै निम्तो पठाएपछि सबैले लख काटे राजेशपायलले बिहे गरिसकेछन् र सरप्राइजका रूपमा प्रीतिभोज खुवाउन लागेछन्।

निमन्त्रणाअनुसार मंगलबार दिउँसो राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा जम्मा भएको केही समयपछि राजेशपायलको आयोजनामा त्यहाँ जे कार्यक्रम भयो, सहभागीहरूलाई अर्को सरप्राइज भयो। त्यहाँ न राजेशपायलको ‘गोप्य बिहेको प्रीतिभोज थियो, न त बिहेका घोषणा नै थियो। बरु कार्यक्रम थियो, राजेशपायलले गाएको विभिन्न तीन गीतले युट्युबमा करोड बढी भ्युअर्स पाएको खुसीयालीको सेलिब्रेसन। ‘यो एउटा सामान्य सरप्राइज कार्यक्रम

मात्र हो, करोडको खुसी बाँडौं भनेर निम्तो दिएको हुँ।’ –करोड क्लबको सेलिब्रेसन केक काट्ने कार्यक्रममा राखेका राजेशपायलले भने।राजेशपायलले आफूद्वारा स्वरबद्ध फिल्म ए मेरो हजुर–२ को उकालीमा जाँदा जाँदै, वीरविक्रमको टलटल टल्कियो र आधुनिक गीत फूल फुलेको वनको म्युजिक भिडियोले युट्युबमा करोड बढी भ्युअर्स पाएको थियो। उनले यसैको अवसरमा सरप्राइज सेलिब्रेसन आयोजना गरेको त्यहाँ पुग्नेहरूले थाहा पाए। पछिल्लो समय अधिकांश गीतले करोड बढी भ्युअर्स पाउने गरेको छ। तर, त्यस्ता भिडियो भ्युअर्स बढाउन डलर तिरेर बुस्ट गरिएको हुन्छ। राजेशपायलद्वारा स्वरबद्ध यी करोड क्लबमा प्रवेश गरेका गीतका भिडियो भने बुस्ट गरिएका रहेनछन्। बुस्ट नगरी करोड बढी भ्युअर्स पाएपछि गायक राजेशपायलले खुसीयाली बाँडेका रहेछन्।

उनको ए मेरो हजुर–२ को उकालीका जाँदाजाँदैको भिडियो तीन वर्षअघि युट्युबमा अपलोड गरिएको थियो भने वीरविक्रमको टलटल टल्कियो चार वर्षअघि अपलोड गरिएको थियो। मिलन चाम्सको निर्देशनमा बनेको वीरविक्रमको टलटल टल्कियोमा राजेशपायलसँगै गायिका अनिला राईको स्वर रहेको छ। फूल फुलेको वन भने चार महिनाअघि मात्र युट्युबमा अपलोड गरिएको थियो। राजेशपायलले करोड क्लबमा प्रवेश गरेका आप्mना ती गीत प्रत्यक्ष गाएर सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्