सहकारी कप : सुदिप र मिलन फाइनलमा



न्युज अफ नेपाल, ललितपुर ।

नोभा साकोस ललितपुरका सुदिप तामाङ्ग र मनास्लु बहुउदेशीय सहकारी दोलखाका मिलन लामा गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

बुधबार सम्पन्न सेमिफाइनलको दोश्रो खेलमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा र सुदिपबीचको खेलमा बराबरी भयो । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकरमा पहिलो खेल बराबरी र दोश्रो खेलमा कृष्ण थापाको समय सिद्धिएपछि सुदिपको फाइनल यात्रा तय भयो ।

सेमिफाइनलको अर्को बोर्डमा गजुरमुखी चेस क्लब राजन सुबेदीले पहिलो हारको बदला लिंदै मिलनलाई हराए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकर मिलनले दुबै खेल जितेर फाइनलमा सीट पक्का गरे ।

प्रतियोगिताको लिगतर्फ बुधबार आठौं राउण्डको खेल सम्पन्न भयो । दोलखा चेसका सुमित पन्त, माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका फिडेमास्टर क्षितिज भण्डारी र कामना साकोस ललितपुरका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ समान ६ अंकका साथ संयुक्तरुपमा शिर्ष स्थानमा छन् ।

प्रतियोगिताको विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार, तृतीयले ३० हजार र चौथौंले २५ हजार हात पार्ने छन् । त्यस्तै लिगतर्फ प्रथमले २५ हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्