चीनमा धमाधम ट्रम्पको बुद्ध आसन मुर्ति बन्दै



बेइजिंग, (एजेन्सी)

गत वर्ष चिनियाँ फर्निचर निर्माता होंग जिन्सीले पहिलो पटक रमाइलोका लागि बुद्धको आसनमा ध्यान गर्दै गरेका अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका केहि स–साना मुर्ति बनाएका थिए । तर फुजियान प्रानतको देहुवा शहर स्थित आफ्नो कारखानामा होंगको यो रमाइलोका लागि शुरु भएको कामले व्यावशायिक रुप लिएको छ महिना भइसकेको छ । उनले अहिले सम्म दुई सय पचास वटा बौद्ध चिवर धारण गरी पलेटी कसेर ध्यान मुद्रामा बसेका ट्रम्पको मुर्ति तयार पारिसकेका छन् ।

होंंग यस कार्यका लागि दुईजना कटर बौद्धमार्गी व्यक्तित्व र कडा शब्दहरु प्रयोग गरी टिप्पणी दिने गरेका कारण विवादमा परिरहने ट्रम्पबाटै प्रेरित भएर यस कार्यमा लागेका हुन् ।

होंगले चिनिया परम्परा अनुसार कुनै पनि व्यक्ति जति बुढो र सफल भइन्छ त्यति नै उनले आफ्नो बुढ्यौलीको मज्जा लिएर आनन्दित हुनुपर्दछ तर ट्रम्प अझै विभिन्न इच्छा र अनिश्चिततालाई लिएर दुखी र चिन्तित रहने गरेको देखिएको बताएका छन् । होंगलाई चीन र विदेशबाट यस्ता २ सय वटा मुर्तिको अर्डर आइसकेको छ ।

उनले एकजना मुर्तिकार साथीको सहयोगमा मुर्तिलाई अझै जिवन्त रुप दिने कोसिस गरेका छन् । उनले १६ सेमि आकारको मुर्तिको ९ सय ९९ र ४६ सेमिको २० हजार युयान मुल्य तोकेका छन् । हांगलाई ट्रम्पले आफ्नो सिर्जना देखे वा देखेको छैन भन्ने यकिन छैन । तर उनी एउटा मुर्ति ट्रम्पलाई उपहार स्वरुप दिन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्