कलाकारको फेसबुक ह्याकर पक्राउ



लाकर्मीहरूको फेसबुक ह्याक गरी उनीहरुको आईडी प्रयोग गरेर विभिन्न मानिससँग रकम माग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। अभिनेता सरोज खनाल, फिल्म निर्मात्री, निर्देशक तथा हाँस्य अभिनेत्री दीपाश्री निरौला, कार्यक्रम सञ्चालक सुशील नेपाललगायतका कलाकर्मीको फेसबुक ह्याक गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको हो। प्रहरीका अनुसार पर्सा बहुदजरमाई नगरपालिका–५ का १४ वर्षीय बालकलाई उक्त अभियोगमा पक्राउ गरिएको छ।

निरौला, खनाललगायतले आफ्नो फेसबुक ह्याक गरी आफन्त र साथीहरूसँग पैसा माग गरिएपछि प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा ती बालकलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई पक्राउ गरिएसँगै सरोज, दीपाश्रीहरुको फेसबुक रियाक्टिभ भएको छ। ह्याकरले पठाएका गलत सन्देशले अप्ठेरो परेकोमा दीपाश्रीले माफी मागेकी छिन्।

प्रतिक्रिया दिनुहोस्