सशस्त्र प्रहरी जवान २२१ नम्बर ब्याचद्वारा सेवा प्रवेशको बर्षगाँठमा समाजसेवा



न्युज अफ नेपाल, काठमाडौं ।

सशस्त्र प्रहरी जवान सिसं.(ब्याच) २२१ ले नवौँ बर्ष प्रवेशको अवसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा सिसं.(ब्याच) २२१ ले सशस्त्र प्रहरी अस्पतालसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा १० जना सशस्त्र प्रहरी ब्याज नम्बर २२१ कै जवान र २० जना सर्वसाधारणले रक्तदान गरेका सशस्त्र प्रहरीका राजकुमार श्रेष्ठले जानकारी दिए ।

शनिबार साँझ नै पशुपतिनाथ मन्दिरस्थित बृद्धाश्रमका एक सय पाँच जना ज्येष्ठ नागरिकलाई पनि खाना खुवाइएको श्रेष्ठले बताए । सशस्त्र प्रहरी अस्पतालका प्रहरी निरीक्षक डा. आकांक्षा श्रेष्ठ नेतृत्वको टोलीको सक्रिय सहभागितामा रक्तदान कार्यक्रममा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्