कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामुहिक राजीनामा



न्युज अफ नेपाल, सुर्खेत ।

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् ।माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।

संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । तीनजना मन्त्रीले पार्टी निर्देशनअनुसार संयुक्तरुपमा राजीनामा निर्णय गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्