माइतीमा छोरी रोकेको निहुँमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार



Silhouette man with knife in darkness

न्युज अफ नेपाल काठमाडौं ।

दैलेखको नौमुले गाउँपालिका- ३ कालीकास्थित माइतमै छोरी रोकेको निहुँमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते ५५ वर्षीय ससुरा भविलाल रोका मगर र ५२ वर्षीय सासु लालसरी रोका मगरलाई मदिरा सेवन गरेका खुकुरी प्रहार गरेका दैलेख प्रहरीले जनाएको छ ।आफ्नी श्रीमतीलाई चाररपाँच महिनादेखि माइतीमा बसालेको भन्दै अनरामले सासु ससुरालाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक डिएसपी अनुप श्रेष्ठले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएका भविलाल र लालसरीलाई उपचारका लागि अस्पताल पठाइएको छ । डिएसपी श्रेष्ठका अनुसार खुकुरी प्रहार गर्ने अनरामलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्