नबिल बैंक र तयारी पोशाक उत्पादन संघबीच सम्झौता



काठमाडौं, (नेस)

नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा प्रदान गर्ने सम्झौता गरेको छ । बैंकका प्रमुख एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल)ले राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा वृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तीय पहुँचको माध्यमबाट मात्र सम्भव छ ।

रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्यका साथ स्थानीय तयारी पोशाक निर्मातालाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जालगायत विभिन्न प्रकारका बैंकिङ सुविधा उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्