‘बोटलमै पिसाब फेर्छन् अमेजनका ड्राइभर’



न्युयोर्क, (एजेन्सी)

विश्व प्रख्यात अनलाइन सपिङ कम्पनी अमेजनले एक जना अमेरिकी राजनीतिज्ञ समक्ष आफ्ना ड्राइभरहरु कुनै कुनैबेला बोटलमा पिसाव फेर्न बाध्य नभएको भनी झुठो बोलेकोमा क्षमायाचना गरेका छन् । विस्कोन्सिनको डेमोक्रेट विधायक मार्क पोकानले अमेजनले आफ्ना कामदारहरुलाइृ पानीको बोटलमा पिसाव फेर्न लगाइरहेको भनेर ट्विट गरेका थिए ।

त्यसपछि औपचारिक अमेजन ट्विटर एकाउन्टले यदि सो भनाई साँचो भएको भए कोहि पनि आफुहरुसंग काम गर्न तयार नहुने जवाफ फर्काएको थियो । तर अहिले अमेजनका ड्राइभरहरुले बोटलमा पिसवा फेरेका प्रमाणहरु भेटिन थालेपछि अमजनले माफी मागेको हो ।

अमेजनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ , ‘हामी हाम्रो प्रतिनिधि पोकानको तर्फबाट माफी माग्दछौं । ट्विट गलत थियो । यसले हाम्रो ड्राइभरको ठूलो संख्यालाई ख्यालै गर्न सकेन । बरु हाम्रा आपुर्ति केन्द«हरुमा मात्र सो ट्विट लक्षित रह्यो ।’ स्मरणीय छ , हाम्रो ति केन्द«हरुमा दर्जनौं संखयामा शौचालय छन् , कर्मचारीहरुले तिनीहरुलाई कुनै पनिबेला प्रयोग गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्