भीम रावलको नेतृत्वमा धनगढीमा खनाल-नेपाल समूहको बैठक जारी



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका नेता भीम रावलको नेतृत्वमा सुदूरपश्चिम प्रदेशमा खनाल-नेपाल समूहको बैठक बसिरहेको छ । नेता रावललाई एमाले अध्यक्ष केपी शर्मा सुदूरपश्चिम प्रदेश इञ्चार्जबाट हटाएर लेखराज भट्टलाई नियुक्त गरेका थिए । भने सो लगत्तै रावललाई पार्टीबाट नै पाटीबाट ६ महिनाका लागि निलम्बन गरेका छन् ।

बैठकमा प्रदेशका नौ वटै जिल्लाबाट नेता कार्यकर्ता सहभागि छन्। खनाल – नेपाल समूहले पार्टी पुनर्गठनको राष्ट्रव्यापी अभियान नै चलाएको छ। लेखराज भट्टलाई जिम्मेवारी दिएपछि एमाले सुदूरपश्चिममा झनै खैलाबैला मच्चिएको छ। अजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्