फेरि बढ्यो वायु प्रदूषण, विश्वका सहरमध्ये काठमाडौं एक नम्बरमा



न्युज अफ नेपाल, काठमाडौं ।

देशभर केहि दिनयता कम भएको वायु प्रदूषण फेरि बढेको छ । बिहीबार साँझ देशका केही स्थानमा भएको वर्षाका कारण वायु प्रदूषण केही घटे पनि आज फेरि ह्वात्तै बढेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा धेरै वायु प्रदूषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । दोस्रो नम्बरमा चितवनको भरतपुर छ । त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३५९ छ ।

त्यस्तै, विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको छ । दोस्रो नम्बरमा म्यान्मार, तेस्रो नम्बरमा भारतको नयाँ दिल्ली, चौथोमा बंगलादेशको ढाका छ ।

विश्वका प्रदूषित सहरको सूची

 

प्रतिक्रिया दिनुहोस्