ओएपछि आयो फ्याट्टै



चर्चित गीत ओएको सफलतापछि ओए–२ को भिडियो रिलीज गरिएको छ। फ्याट्टै बोलको यस गीतमा नबिन रावल, बादल थापा र स्मिता दाहालको स्वर रहेको छ। गीतमा नबिन रावलको संगीत र मिलन बिष्टको शब्द रचना रहेको छ।

गीतको म्युजिक भिडियोमा युवापुस्ताका चर्चित कलाकारहरुको नृत्यसहितको अभिनय रहेको छ। राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा र जिबेश गुरुङको अभिनय रहेको भिडियोका निर्देशक, कोरियोग्राफर तथा कथाकार राहुल शाह हुन्। भिडियोमा राहुलले सञ्चालन गर्दै भाईव एण्ड वेभ ग्रुपको नृत्य रहेको छ। गीतको म्युजिक भिडियोमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ। सुप्रिम पराजुलीले सम्पादन गरेको यस गीतको भिडियोलाई पवन सुस्लिङले छायांकन गरेका छन्। निर्माता मनोज बस्नेत हुन्।

प्रतिक्रिया दिनुहोस्