फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतबार एक सूचनामार्फत् निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँका दरले बढाएको जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्