अभिनयमा आउने सोच छ: प्रविशा अधिकारी



डेढ दशकदेखि नेपाली फिल्मको पाश्र्व गीत गायनमा सक्रिय गायिका प्रविशा अधिकारीले पछिल्लो समय अन्य विधाका गीतमार्फत समेत लगातार लोकप्रियता कमाइरहेकी छन्। फिल्म बिदाइमार्फत पाश्र्व गायिकाका रूपमा गायनमा प्रवेश गरेकी प्रविशा लगातार पाश्र्व गायनमा जमिरहेकी छिन्। यसबीच प्रविशाका थुप्रै फिल्मी गीत चर्चित भए। उनले गाएका तिमी जहाँ छौ म त्यहीं छु, मायाले बाँध्यो यसरी, फूल होइन काँडा, तिमीबाहेक बिताएका पलहरू, पीपल छेउमा वरजस्ता गीत निकै लोकप्रिय छन्। उनै प्रविशाका साथ नेपाल समाचारपत्रका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छ:
रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?

अहिले गीतहरू रेकर्डिङमै समय गइरेको छ। अरूका एल्बमको गीत गायन र फिल्मी गीत रेकर्डिङको काम भइरहेका छन्। कतिपय गीत त लकडाउनमा पनि गरियो। तर, अहिलेचाहिँ पेन्डिङमा भइरहेका कामहरू गरिरहेको छु।

लकडाउनको समय कसरी सदुपयोग गर्नुभयो ?

लकडाउनले हामीलाई धेरैलाई नै मार प¥यो। मैले चाहिँ सकेसम्म त्यो समयलाई कसरी हुन्छ युटिलाइज गर्ने कोशिस गरें। यही क्रममा मैले पहिलोचोटी केही गीत कम्पोजिसनको साथ लिरिक्स लेख्ने काम गरें, गितार सिकें।

त्यस्तै विभिन्न प्रकारका खाना बनाउन सिक्ने वर्कआउट गर्ने जस्ता काममार्फत आफू र आफ्नो माइन्डलाई कसरी हुन्छ राम्रो काममा लगाऔं भन्ने सोचले रचनात्मक काममा व्यस्त भएँ। लकडाउनकै बेला मैले कम्पोज गरेको एउटा गीत रकेर्ड गरेको छु। त्यो गीत छिट्टै आउँदै छ।

कस्ता खालका गीत गाउन मन पर्छ ?

मलाई आफूले पहिलेदेखि गाइरहेका मेलोडियस, सेमी क्लासिकल तथा फिल्मका गीतहरू गाउन कम्र्फटेबल लाग्छ। यी विधामा एक्पेरियन्स धेरै भएकाले गर्दा पनि होला।

तर, गाउन रहर लागेका धेरै विधा बाँकी छन्। त्यही भएर पनि फस्ट टाइम आफ्नै कम्पोजिसनमा एक्सप्लोर गर्ने हिसाबले फरक जनराको गीत ल्याउँदै छु। वेस्टर्न फ्लेवरको गीतमा पनि गर्ने कोशिस गरेको छु। यस वर्ष नै फरक खालको गीत दर्शकले सुन्न सक्नुहुनेछ।

गायन क्षेत्रमा कतिको कमाइ हुन्छ ?

साँच्चै भन्नुपर्दा अहिले त सिंगिङलाई नै मैले आफ्नो पेसाका रूपमा लिएको छु। पहिले अन्य क्षेत्रमा जब गर्ने भए पनि अहिले चाहिँ म यसैमा करिअर बनाउँछु् भनेर हिम्मत गरेर अगाडि बढिरहेको छु। अहिले आफूमा क्यापासिटी हुँदाखेरी र काम गर्न सकेमा राम्रो कमाइ हुन्छ।

हुन त म सामान्य जीवन बिताइरहेको छु। तर पनि अहिले चलेको कलाकारहरूका लागि मेला–महोत्सव, विदेशका कार्यक्रमको अवसर हुने भएकाले पनि केही सेभिङ गर्न सकिन्छ। मैले कमाएको पैसा आफ्नो गीतहरूमा लागानी गरिरहेको छु। अहिले म्युजिक भिडियो बनाउन एकदमै महँगो छ। म यही क्षेत्रबाट लिभिङ गरिरहेको छु। घर झापा भएकाले काठमाडौंमा घरको रेन्ट, पेट्रोल खर्चदेखि लिएर हरेक चिज यहींबाट खर्च गरिरहेको हुन्छु।

संगीत क्षेत्रमा लागेको लामो समयपछि चिनिनुभयो नि ?

म गीत गायन शुरु गरेको १३ वर्ष भयो। शुरुमा गीत गायनमा मात्र लागिरहेको थिएँ। पाश्र्व गायनबाट गीत गायन शुरु गरेका कारण पर्दा पछाडि मात्र काम गरिरहेको थिएँ। मेरा मुभीको गीतहरू धेरै हिट भए, विभिन्न अवार्डको नोमिनेसनमा पनि परिरहेका हुन्थे।

त्यो बेला मलाई मिडिया फेस गर्ने उपयुक्त समय लागिरहेको थिएन। त्यसैले मिडिया त्यति फेस गरिरहेको थिइनँ। त्यही भएर गीत सुने पनि प्रविशा भनेर नचिनेका होलान्। अहिले मिडिया फेस गर्ने राइट टाइम हो जस्तो लागेर आएको हुँ। अहिले पनि आएन भने ढिला पनि होला नि, होइन?

संगीतमा लागेर पाएको र गुमाएको कुरा के–के छन् ?

गुमाएको त केही छैन। गीत गायनमा लागेदेखि सबैबाट माया र प्रोत्साहन मात्र पाएकी छु। म गायनमा लाग्दाको समय अहिलेजस्तो सहज भइसकेको थिएन। प्ल्याटफर्म पाउन गाह्रो थियो।

त्यति बेला पनि सबैले स्वर राम्रो छ, राम्रो गर्नुपर्छ भन्नुहुन्थ्यो। अहिले पनि धैरैको माया पाएकोमा खुसी लाग्छ। यस कारण गुमाएको केही छ जस्तो लाग्दैन। बरु पाएकै छु जस्तो लाग्छ।

पाश्र्व गायिकाका रूपमा धेरै गीत गाउनुभयो। पर्दामा आउने सोच छैन ?

पहिला–पहिला भर्खर–भर्खर फिल्मका गीत गाउँदै गर्दा अभिनयका लागि अफर आउने गथ्र्यो। यही क्षेत्रमा हुँदा अफर आउनु सामान्य कुरा हो। तर, म गायनमा ताते–ताते गरिरहेको थिएँ। फिल्ममा एक्टिङ गर्नु सानो कुरा पनि होइन। अभिनय अर्कै फिल्ड हो।

त्यसका लागि धेरै मेहनत गर्नुपर्छ। एउटा फिल्डमा काम गरिरहेकाले अर्कोमा काम गर्ने हिम्मत कहिल्यै पनि गरिनँ। हुन त हामी सिंगरहरूलाई आफ्नै गीतबाट अभिनयमा आउने अवसर हुन्छन्। त्यसैले अहिलेचाहिँ आफ्नै गीतमार्फत अभिनयमा पनि आउँ भन्ने सोचिरहेको छु।

कतिको रियाज गर्नहुन्छ ?

गायकगायिकाका लागि रियाज एकदमै आवश्यक छ। हाम्रो स्वरलाई ब्यालेन्समा राख्ने भनेको रियाजले नै हो। गीत गाउँदा फिलिङ्सका लागि, सुरका लागि रियाज अति नै आवश्यक हुन्छ। नयाँ तथा पुराना जो सुकैका लागि पनि एकदम आवश्यक छ। यस कारण पनि म रियाजलाई एकदम प्रायोरिटीमा राख्छु।

अग्रजको सम्मान भएन भन्ने कुरालाई कसरी लिनुहुन्छ ?

मैले भन्नु भन्दा पनि कतिपय ठाउँमा हामीले देखिरहेका र सुनिरहेकै छौं। अहिलेको योङ जेनेरेसनले अग्रजलाई नचिन्ने/नमान्ने गरेको देखिन्छ/सुनिन्छ। यस्तो कुरा पर्सनल्ली मलाई नराम्रो लाग्छ। म अग्रज त होइन, तर पनि म भन्दा पछिल्लो पुस्ता आइसक्नुभएकाले हाम्रो बेलासम्म अहिलेको जस्तो अवस्था थिएन।

हामीभन्दा अग्रज दिदीहरूप्रति सम्मान थियो। उहाहरूसँग हाम्रो–राम्रो बन्डिङ पनि छ। त्यस्तै उहाँहरूको हामीप्रति कति धेरै माया पनि हुन्थ्यो। त्यस्तो खालको संस्कारचाहिँ सिकेर आउनुपर्छ जस्तो लाग्छ। हुन त गर्नेहरूले गरी पनि रहनुभएको छ। कहीं कतै हुनुपर्ने ठाउँमा भइरहेको छैन भन्दा दुःख लाग्छ, यो राम्रो कुरा पटक्कै होइन।

अब संगीतमा आउनेहरूलाई के भन्न चाहनुहुन्छ ?

एकदमै स्वागत छ तपाईंहरूलाई। सबैलाई भोकल गिफ्ट नेचरले दिएको हुँदैन। स्वर दिएको हँुदैन। यदि राम्रो स्वर छ भने त्यसलाई निखारेर, सिकेर आफ्नो प्रतिभालाई बुझेर आउनुभयो भने तपाईंको यात्रा लामो र सफल हुनेछ। अहिले त प्ल्याटफर्महरू पनि धेरै छन्। सहज पनि छ।

प्रेममा हुनुहुन्छ ?

म एकदमै सिंगल छु। पढाइ र करिअरमा फोकस भएका कारण पनि होला प्रेम गर्नेतिर ध्यान गएन। यदि कोही आउनुभयो र म प्रेममा परें भने थाहा हुने नै छ।

गायक प्रताप दासका साथ प्रेममा हुनुहुन्छ भन्ने कुरा झूटो हो त ?

हामी त दिदीभाइ हौं। यो कुरा मैलै भन्दै आइरहेको छु र गत सालको रक्षा बन्धनमा मैले प्रतापलाई राखी बाँधिदिएर हामी दिदीभाइ हांै है भनेर मिडियामा पनि भनिरहेको थिएँ। ऊ मेरो एकदमै राम्रो भाइ हो।

अरूले जोडी हो, प्रेम सम्बन्ध छ भन्दैमा मेरो भाइसँग सम्बन्ध नराम्रो हुने कुरा पनि भएन। ऊ भाइ भएको नाताले आफूले गर्नुपर्ने कर्तव्यमा सधैं अगाडि हुन्छ। दिदी भएको नाताले दिदीले गर्नुपर्ने कर्तव्यमा म पनि चुक्दिनँ सायद।

विवाहका बारेमा के सोच्नुभएको छ ?

विवाह भन्ने कुरा एकचोटी गरी हेरौं न त, ट्राई गरौं भन्ने कुरा हँुदैन। यसलाई एकदमै सिरियस्ली सोच्नुपर्छ। यो व्यक्तिसँग चाहिँ मेरो जिन्दगी बित्छ र अन्तिम श्वाससम्म साथ दिन्छ भन्ने जस्तो व्यक्ति मेरो लाइफमा आए विवाह गर्नेछु।

प्रतिक्रिया दिनुहोस्