पाउडर क्रिममा रवि ओड



दोस्रो नेपाल आइडल गायक रवि ओड पाउड क्रिममा आएका छन्। ओड र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत पाउडर किरिममा सार्वजनिक भएको हो।

कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनील परियारले गरेका छन्। गीतको भिडियोमा भने नायक पुष्प खड्का, रवि ओड, प्रियना आचार्य र सम्झना खत्रीको अभिनय रहको छ। मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास ज्ञवालीको सम्पादन रहेको छ। अनिल केसीको प्रस्तुति रहेको पाउडर किरिममा आफ्नो मन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्