प्रधानमन्त्री ओलीको राजीनामा !



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रिय समिति बैठकले आफ्नै नेतृत्व नयाँ सरकार गठनका लागि पहल गर्ने पनि निर्णय गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको लामो मौनतापछि नेपाली कांग्रेसले सरकारविरुद्ध मोर्चा खोलेको छ । पछिल्लो राजनीतिक अवस्था सभापति देउवाकै कारण अनिर्णयको बन्दी बन्दै आएको छ ।

यसबीचमा लगातार नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेपाली कांग्रेसबीच नयाँ सरकार निर्माण गर्ने विषयमा छलफल भएपनि ठोस सहमति हुन सकेको थिएन । अब भने नेपाली राजनीतिमा फेरि नयाँ मोड सुरु हुने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्