ताइवान रेल दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु भएको आशङ्का



People walk next to a train which derailed in a tunnel north of Hualien, Taiwan April 2, 2021, in this handout image provided by Taiwan’s National Fire Agency. Taiwan’s National Fire Agency/Handout via REUTERS ATTENTION EDITORS – THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. NO RESALES. NO ARCHIVES. TPX IMAGES OF THE DAY

ताइवान ।

ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० यात्रीको मृत्यु भएको आशङ्का गरिएको छ ।

यसअघि प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको थियो भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पुर्‍याइएको छ ।

ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्